काठमाडौँ: गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘नरसिंहा अवतार’ को प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन चलचित्र युनिट भोलि बुधबार (जेठ १४ गते) धनगढी आउने भएको छ।
चलचित्रको टोली भोलि धनगढी हुँदै नेपालगन्ज जाने कार्यक्रम रहेको छ। धनगढीस्थित एसटीएस सिनेमाजमा टोलीले दर्शकसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।
महानायक राजेश हमालको नेतृत्वमा रहेको टोलीमा अभिनेत्री सनिशा भट्टराई, अभिनेता राज कटवाल, प्रकाश कुवँर, निर्माता नरेन्द्र महर्जन र वितरक छविराज ओझा पनि सहभागी हुने मिडिया सल्लाहकार श्रीधर पौडेलले जानकारी दिए।
सिनेमाघरमा उपस्थित भई दर्शकसँग चलचित्रबारे प्रतिक्रिया लिनुका साथै पत्रकारहरूसँग पनि अन्तरक्रिया गर्नेछ।
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com