२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

एनपीएलको फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुर खेल्दै

बुधवार, पौष ३ २०८१०२:३३

काठमाडौं: नेपाल प्रिमियर लिगको फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ।

लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोडेको थियो। समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो।

आजको खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि अर्को एक मौका पाउने छ।

दोस्रो क्वालिफायर्समा पहिलो क्वालिफायर्समा पराजित हुने टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन्। दोस्रो क्वालिफायर्स खेल बिहीबार हुनेछ। फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार