२०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते

धनगढीको ऐश्वर्यमा होलीको छुट्टै रङ्ग

शुक्रवार, चैत्र ९ २०८००१:१५

धनगढी : धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले होली मिलन कार्यक्रम मनाएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्रबहादुर मल्लको प्रमुख आथित्यतामा स्ववियुले होली मिलन कार्यक्रम मनाएको हो ।

अनेरास्ववियुका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज दिपक धामी विशिष्ट अतिथि, क्याम्पस प्रमुख धर्मदेव भट्ट, अनेरास्ववियुका सुदूरपश्चिम प्रदेश अध्यक्ष मनोज राई, उपाध्यक्ष रोहित बोगटी, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रमोद खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य घनश्याम बम लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।

हाम्रो परम्परा हाम्रो संस्कृति, हाम्रो रितिरिवाज युवा विद्यार्थीले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले होली मिलन कार्यक्रम आयोजना गरिएको स्ववियुका सभापति कुँवेर खड्काले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार