२०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते

काठमाडौं-दिल्ली रुटमा नेपाल एयरलाइन्सको दैनिक दुई उडान

बिहिवार, फाल्गुण २६ २०७८०२:०४

२५ फागुन, काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौ-दिल्ली रुटमा अब दैनिक दुई उडान गर्ने भएको छ । भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनिक दुई उडान गर्ने बताएको हो ।

नेपाल वायुसेवा निगमका अनुसार १४ मार्च (३० फागुन)बाट यो रुटमा दैनिक दुई उडान हुनेछ । अहिले यस रुटमा निगमले दैनिक एक उडान गरिरहेको छ ।

अहिले भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् । नेपालबाट भने निगम एक्लो कम्पनी हो । भारतको बनारसमा भने बुद्ध एयरले पुनः उडान शुरु गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार