काठमाडौं-नेपाल प्रिमियर लिगको तेस्रो सिजन काठमाडौंमा सोमबार सुरु भएको छ। सिजनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स् लुम्बिनी लायन्ससँग पराजित भएको छ ।
टस हारेर पहिले ब्याटीङ गरेको सुदुरपश्चिम १७.२ ओभर खेलेर ८७ रनमै अलआउट भएको थियो। जवाफी ब्याटीङमा लुम्बिनीले ३ विकेटको क्षतिमा सहजै जित हात पारेको हो।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतियोेगिताको उद्घाटन गरेका हुन्।
यसपटक एनपिएल चर्चित विदेशी खेलाडीको आगमनका कारण थप रोचक बनेको छ। त्यस्तै, डिआरएसको प्रयोगदेखि पुरस्कार राशीको समेत बृद्धि गरिएको छ।