काठमाडौं । नेपालले दोस्रोपटक एसिया कप प्रतियोगितामा आफ्नो स्थान बनाएको छ। एसिसी प्रिमियर कपको फाइनलमा शनिबार यूएईलाई पराजित गर्दै नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। फाइनल खेलमा नेपाल ४४ रनले विजयी भयो।
टस हारेर पहिले ब्याटीङ गरेको नेपालले ३१४ रनको लक्ष्य दिएको थियो। नेपालको ब्याटीङमा आसिफ शेखले १०२ रन, गुल्सन झाले ५२, अर्जुन कुमाल ४३, रोहित पौडेलले ४० रनको योगदान दिए।
जवाफी ब्याटीङमा यूएईले आक्रामक सुरुवात गरेको थियो। उसले ४.५ ओभरमै ४५ रन बनायो । आक्रामक ब्याटर तनिस सुरीलाई सोही ओभरमा नेपालले आउट गरेपछि नेपाल खेलमा फर्कियो ।
छैंटो र सातौं विकेटका लागि यूएईका खेलाडीले महत्वपूर्ण साझेदारी गरेर जिततर्फ अघि बढेकोमा त्यसपछि नियमित विकेट लिएर नेपालले खेल आपाm्नो हातमा पारेको हो । यूएई २६९ रनमै अलआउट हुँदा नेपाल ४४ रनले विजयी भएको हो ।
आगामी वर्ष बंगलादेशमा हुने एसिया कपमा बंगलादेशसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सहभागी हुनेछ। ६ मध्ये ३–३ वटा टिमको समूह बनाएर प्रतिस्पर्धा हुनेछ।