२०८३, कार्तिक ९ गते

२०८३, कार्तिक ९ गते

चुनावको तयारीस्वरुप नेकपाले सुरु गर्याे जागरण अभियान

आइतवार, कार्तिक ९ २०८३११:४५

काठमाडौं –स्थानीय चुनावालाई लक्षित गरी नेपाली कम्युनिष्ट पार्टीले जागरण अभियान थालेको छ । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर दुई महिने अभियानको सुरुवात गरेको हो। 
पत्रकार सम्मेलनमा नेकपाका संयोजक प्रचण्डले विगतका कमजोरी स्वीकार्दै नयाँ संकल्पसहित जनतामा जान अभियान सुरु गरिएको बताए। 

पत्रकार सम्मेलनमा उनले भने, ‘हिजोका कमजोरी के रहे ? उपलब्धि के रहे ? त्यसको समीक्षा  हुनुपर्यो। त्यो समीक्षा अब नेताहरूले मात्रै गरेर पुग्दैन। जनताको तहमा गएर जनताको आलोचना जनताकै मुखबाट गाउँ–गाउँ टोल–टोलमा पुगेर त्यो सुन्नपर्यो। त्यसलाई आत्मसाथ गर्नुपर्यो  देशको अगाडि देखा परेका तमाम अप्ठ्याराहरूलाई पार गर्नका लागि नयाँ संकल्पसहित अगाडि बढ्न पर्यो भनेर अभियानको सुरुआत गरेका हौं।’ 

शनिबारदेखि आगामी मंसिर २५ गतेसम्म सञ्चालन गर्ने अभियानमार्फत संगठन विस्तार र सुदृढीकरणसँगै जनताका समस्या बुझ्ने, पार्टीलाई रूपान्तरण गर्ने र समाजवाद निर्माणको आधार तयार पार्ने लक्ष्य लिएको छ । अभियानका  केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र टोलसम्म पुगेर किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, अल्पसंख्यक समुदाय, बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा उद्यमी–व्यवसायीसँग प्रत्यक्ष संवाद गर्नेदेखि संगठन विस्तार गर्नेसम्म छ। 

अभियान अन्तर्गत नेकपाले एक अपिल पनि जारी गरेको छ।

सम्बन्धित समाचार