२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

एसपी नै हनि ट्रयापमा परेपछि..

बुधवार, भाद्र २४ २०८३१०:५६


काठमाडौं–राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रकाश आचार्य हनिट्रयापमा परेका छन्। एक विवाहित युवतीले उनलाई ट्रयापमा पारेर ५० लाख मागेकी छिन्। २७ लाखसम्म दिएर केस सेटल गर्ने प्रयास गरेपनि नसकेपछि उनले प्रहरीमा उजुरी गरेर युवतीलाई पक्राउ गराएका छन्।

गुल्मी घर भई रामेछाप विवाह गरेकी ३२ वर्षिया कुसुम गुभाजु गुरुङलाई काठमाडौं प्रहरीले पक्राउ गरेर साइबर अपराध र आपराधिक लाभ मुद्दा दायर गरेको छ ।

प्रहरीका अनुसार उनीहरुबीच चार वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो। केही समय सँगै समेत बसे। एसपी आचार्य भैरहवा हुँदा उनलाई क्वार्टरमै समेत राखेका थिए। पछिल्लो समय आचार्य वास्ता गर्न छाडेपछि युवतीले बलात्कारदेखि विभिन्न मुद्दामा फसाइदिने भन्दै पैसा माग्न थालेकी थिइन्। पटक पटक गरेर २७ लाख दिएको पनि अनुसन्धानमा खुलेको छ। त्यती गर्दा पनि नमानेपछि एसपी आचार्यले उजुरी दिएर पक्राउ गराएका हुन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार