२०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते

सुदूरपश्चिम सरोकार मञ्चद्वारा रक्तदान कार्यक्रम आयोजना

शनिवार, श्रावण ३० २०८३०८:५५


  • काठमाडौं- सुदूरपश्चिम सरोकार मञ्चले आफ्नो २०औँ वार्षिकोत्सव समारोहको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा दुई दर्जनभन्दा बढी महिला तथा पुरुषले उत्साहपूर्वक रक्तदान गरी मानवीय सेवामा योगदान पुर्‍याएका छन्।
  •  
  • सुपरिचित समाजसेवी तथा सरोकार मंचका सल्लाहकार   जगदीश केसीको संयोजनमा सम्पन्न उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी तथा नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्यमा आयोजना गरिएको हो।
  •  
  • कार्यक्रममा चर्चित रक्तदाता प्रेमसागर कर्माचार्य, मञ्चका अध्यक्ष डा. दीर्घसिंह बम तथा कार्यक्रम संयोजक जगदीश केसीले रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूको अमूल्य योगदानको प्रशंसा गरेका छन्। 

प्रतिक्रिया
सम्बन्धित समाचार