२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

रवि लामिछानेलाई भारतमा उच्च सम्मान

मंगलवार, जेठ १९ २०८३११:२७

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतमा उच्चस्तरको स्वागत पाएका छन्। भारतीय जनता पार्टीको निमन्त्रणमा भारत भ्रमणमा गएका उनलाई भाजपाका महासचिव र विदेश विभाग प्रमुखले विमानस्थलमा स्वागत गरेका थिए।

सडकमा समेत उनको स्वागतमा होर्डिङ बोर्ड राखिएको थियो। मंगलबार भाजपाको केन्द्रीय कार्यालयमा रातो कार्पेट ओछ्याएर उनको स्वागत गरिएको छ।

नेपालका थोरै नेतालाई मात्र भाजपाले यस्तो सम्मान दिएको छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार