काठमाडौं । नयाँ सरकार बनेसँगै भारतसँगको सम्बन्ध कस्तो हुन्छ भनेर चासो भइरहेका बेला सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने औपचारिक भारत भ्रमणमा जाने तय भएको छ। भारतको विदेश मन्त्रालयको निमन्त्रणामा उनी १८ जेठमा भारत जाने तय भएको हो।
स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत उनको भेटघाट तयको प्रयास भइरहेको छ।
प्रधानमन्त्री बालेन शाहले भारतीय राजदूतलाई समेत छुट्टै भेट्न अस्वीकार गरिरहेको बेला रास्वपा सभापति लामिछानेको भारत भ्रमण हुन लागेको हो। भ्रमणमा लामिछानेसँगै रास्वपाका केही नेता सहभागी हुनेछन्।