२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

उच्छृंखल गतिविधि भए खबर गर्न सेनाको आग्रह, यो हो हेल्पलाइन

मंगलवार, भाद्र २४ २०८२०५:५९

काठमाडौँ । नेपाली सेनाले उच्छृंखल गतिविधि भए खबर गर्न हेल्पलाइन नम्बर दिएको छ।

देशका विभिन्न भागमा सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गर्नेहरूमाथि कारबाही गर्न सबै सुरक्षा निकाय र आन्दोलनरत समूहका साथ सेना अघि सरेको छ।

आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल खबर गर्न सेनाले अनुरोध गरेको छ। जसका लागि नेपाली सेनाको हेल्पलाइन नम्बर ०१-५९७९००० नम्बर दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार