२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

फिल्ममा डेब्यु गर्दै टिकटकर मिस पवि

शुक्रवार, पौष ६ २०८०१०:०२

काठमाडौं : टिकटकबाट चम्किएकी मोडल मिस पवि (पवित्रा साँकी) फिल्ममा डेब्यु गर्ने पक्का भएको छ। सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’बाट उनी फिल्ममा डेब्यु गर्न लागेकी हुन्।

फिल्मको घोषणा गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मिस पविलाई धन्यवाद दिंदै फिल्ममा काम गर्न लागेको जानकारी दिए। पविसँगै अर्की टिकटकर सिम्रन पन्त पनि फिल्ममा डेब्यु गर्दै छिन्।

‘अहिलेसम्म सोसल मिडिया र म्युजिकमा मात्र काम गरेको थिएँ,’ पविले भनिन्, ‘मलाई आशा गरेर फिल्ममा लिनुभएको छ। राम्रो काम गर्न पाऊँ भन्नेमा आशावादी छु।’

अर्की टिकटकर सिम्रन पन्त यही फिल्मको लागि मुम्बईदेखि काठमाडौं आएकी छन्। टिकटकले दिलाएको लोकप्रियता देखेर निर्माताले फिल्ममा लिएकोप्रति उनले खुसी व्यक्त गरिन्।

दरबारको कथावस्तुमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, आँचल शर्मा, रमेश उप्रेती लगायतको अभिनय हुने जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार