२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

एक्सन फिल्म ‘१२ गाउँ’ बनाउँदै विराज भट्ट

बिहिवार, मंसिर १४ २०८००३:१७

काठमाडौं : अभिनेता विराज भट्टले आफ्नै निर्माण तथा निर्देशन हुने नयाँ फिल्मको घोषणा गरेका छन् ।

उनले केही महिनाअघि नै चलचित्र विकास बोर्डमा ‘१२ गाउँ’ शीर्षकमा फिल्म दर्ता गरेका थिए ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले यही फिल्मको घोषणा गरे । फिल्मको टाइटल लोगो सार्वजनिक गर्दै उनले विराट भट्ट प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्म एक्सन-थ्रिलर हुने उल्लेख गरेका छन् ।

२०७६ सालमा रिलिज भएको फिल्म ‘साङ्लो’ उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म थियो । नेपाली र भोजपुरी भाषाका फिल्ममा एक्सन शैलीका फिल्ममा देखिंदै आएका विराजले सोही जनरामा यो फिल्म बनाउन लागेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार