२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

‘यो नेपाली शीर उचाली…’मा बलिउड अभिनेता विक्कीको ‘खुकुरी नाच’

आइतवार, मंसिर ३ २०८००८:०३

काठमाडौं : नेपाली राष्ट्रिय गीत ‘यो नेपाली शीर उचाली...’ नेपालमा मात्र होइन, नेपाली भाषी बसोबास गर्ने विश्वका धेरै देशमा चर्चित छ। नेपाली राष्ट्रियताको भावना बोकेको यो गीतमा बलिउड अभिनेता विक्की कौशलले पनि नृत्य प्रस्तुत गरेका छन्।

विक्कीले आफ्नो आगामी फिल्म ‘साम बहादुर’का लागि उक्त गीतमा नृत्य प्रस्तुत गरेका हुन्। लखनउमा भएको छायाङ्कनमा विक्कीले उक्त गीतमा खुकुरी नाच गरेका हुन्।

भारतीय सेनाको गोर्खा रेजिमेन्टका कार्यक्रमहरुमा बजाइने यो गीत विक्कीको फिल्म ‘साम बहादुर’मा पनि समावेश गरिएको छ। फिल्म ‘साम बहादुर’ भारतीय सेनाको गोर्खा रेजिमेन्टका पहिलो प्रमुख साम मनेकसवाको जीवनीमा आधारित छ।

लखनउमा भएको फिल्मको छायाङ्कनका क्रममा विक्कीले गीतमा खुकुरी नाच प्रस्तुत गरेका हुन्। जसमा विक्कीसँगै गोर्खा रेजिमेन्टका जवानहरु पनि नाचिरहेका देखिन्छ। विक्कीले सामाजिक सञ्जालमा ‘जय मा काली, आयो गोर्खाली’ भन्दै गीतको अंश साझा गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार