२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

तिलकसिंह पेलाको ‘देउसरा आईगै’ आउदै

शनिवार, भाद्र ३० २०८००३:१४

काठमाडौं: चर्चित गजल/गीत ‘के लत बस्यो’ का गायक तथा संगीतकार तिलकसिंह पेलाको आवाजमा अर्को नयाँ गीत आउने भएको छ। गीतकार हेमन्त विवशको रचना र पेलाको आवाजमा ‘देउसरा आईगै’ बोलको गीत ४ असोजमा सार्वजनिक गरिने भएको हो। 

गीतको भिडियोमा मानसखण्डीय भाषा, संस्कृति, परम्परा एवम् सभ्यतासम्बन्धी विभिन्न दृष्य (हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी कामेको आदि) समावेश गरिएको गायक पेलाले जानकारी दिए।

म्युजिक भिडियो तिलकसिंह पेलाको आफ्नै युट्युब च्यानलमा २१ सेप्टेम्बरमा रिलिज हुने छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार