२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

धेरैपछि देउडा गीत ल्याएर आए अन्तराम विष्ट [भिडिओसहित]

शुक्रवार, भाद्र २२ २०८००५:२८

धनगढी: सुदूरपश्चिमका चर्चित देउडा गायक अन्तराम विष्ट १४ वर्षपछि संगित क्षेत्रमा फर्किएका छन्। कञ्चनपुरकाे गुलरियामा आफ्नै विद्यालय खाेलेर शिक्षण पेशा लागेका उन २०६६ बाट गायन क्षेत्रमा गुमनाम जस्तै बनेका थिए।

२७ वर्षअघि रेकर्ड गरिएको चर्चित एल्बम बरयातको ‘देउर्‍या ’ बोलको देउडा गितको शब्द परिमार्जनसहित बिष्टले म्युजिक भिडियो बजारमा ल्याएका छन्। बिष्टले आफ्नो व्यक्तिगत युट्युब च्यानलबाट बुधबार उक्त गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

आफैले सिर्जना गरेको गित बिष्ट र गायिका कृष्णा सिराडीको स्वरमा रहेको छ।

https://youtu.be/QhIMlJtzK-c?si=Zo0S5cwd5FUBV91m

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार