२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

अभिनेत्री निरुता सिंहले मुम्बईका संजीभ गुलाटीसँग गरिन् विवाह

शनिवार, भाद्र १६ २०८००१:१०

काठमाडौँ - अभिनेत्री निरुता सिंहले विवाह गरेकी छिन् ।

हाल मुम्बईमा रहदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग विवाह गरेकी हुन्।

उनले सो जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएकी हुन् ।

मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफ़न्त तथा छर छिमेकहरु, मेरा चलचित्रकर्मी साथीभाई अनि अग्रज व्यक्तित्वहरु, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरुको यतीका वर्ष देखीको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुदैन थियो । त्यो हो ‘निरुताजी बिहें कहिले गर्ने ?’ भन्ने प्रश्न ‘आज तेसै प्रश्नको जवाब दिन गई रहेको छु ‘। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्। तपाईहरुको निरुता सिंहले गत बिहिबारका दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाठो जोड़ेको छ । हजुरहरु सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु । चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै माया ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार