काठमाडौंः बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऐंचो पैंचो’ले सुखद् सुरुवात गरेको छ। निर्माण टिमका अनुसार सिनेमाको बिहानी शोमा ३० प्रतिशत ओपनिङ भएपनि दिउँसो २ पछिको शोमा भने ८० प्रतिशत आसपासको अकुपेन्सी मिलेको छ।
निर्देशक कृषा चौलागाईले जनैपूर्णिमाका कारण बिहानी शो केही कमजोर देखिएपनि दिउँसोबाट पिकअप लिएको बताइन्। अभिनेत्री स्वस्तिमा खड्का र बर्षा राउतले पनि दिउँसोको शोमा दर्शकको राम्रो साथ पाएकाले आफुहरु दर्शक प्रतिक्रिया लिन हल पुगेका थिए। हल सञ्चालकहरुले हाम्रो हलमा दिउँसोका शोहरु हाउसफुल छन् आउनु होला भनेकाले आफुहरु उत्साहीत भएर दर्शक प्रतिक्रिया लिन पुगेको बताए।
निर्देशक चौलागाईले एफक्युब, क्युएफएक्स लबिम, सिभिल र भक्तपुर पुगेर दर्शक प्रतिक्रिया लिएको बताइन्। हामीलाई सिनेमा हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ। शुक्रबार र शनिबार बिदा भएकाले पनि दर्शक सङख्या अझै बढ्ने विश्वास व्यक्त गरिन्। बिहीबार निर्माता विशाल चौलागाई, अभिनेत्री स्वस्तिमा र बर्षा, अभिनेता कोशिस क्षेत्री र सुशिल सिटौला विभिन्न राजधानीमा हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका थिए।
यता सिनेमाका वितरक रोहीत कट्टेल र रत्न श्रेष्ठ पनि सिनेमाले राम्रो ओपनिङ गरेपछि खुशी देखिएका छन्। वितरक कट्टेलले भने सिनेमाले बिहीबार राम्रो ब्यापार गरेकाले शुक्रबार र शनिबारका लागि धेरै ठाउँमा शोहरु थपिएको बताए। अब विकेण्डमा दर्शकबाट सकारात्मक वर्ड अफ माउथ मिलेको खण्डमा राम्रो ब्यापार गर्ने अपेक्षा वितरकद्धय कट्टेल र श्रेष्ठको छ। उनीहरुले काठमाडौं उपत्यकामा मात्रै नभई मोफसलमा पनि सिनेमाले राम्रो सुरुवात गरेको जानकारी दिए।
‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ। पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ। सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन्।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह–निर्माताको रुपमा रहेका छन्।
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com