काठमाडौँ : नारीहरुको महानपर्व तीज नजिकिएसँगै सांगीतिक बजार पनि तात्न थालेको छ । पछिल्ला दिनमा कलाकारहरुले पनि तीजका गीतहरु पस्कने क्रम बढेको छ । यसैक्रममा ‘नाच घुमेर, नहेर उमेर’ बोलको तीज गीत बजारमा आएको छ ।
चाबहिलको एवान क्याफेमा पत्रकारहरुलाई साक्षी राखेर श्रष्ठा, गायक, गायिका तथा कलाकारहरुले ‘नाच घुमेर, नहेर उमेर’ तीज गीत सार्बजनिक गरेका हुन् ।
मदन थापाको शब्द, विपिन घिमिरेको संगीत रहेको गीतलाई सञ्जय श्रीपालले एरेन्ज/मिक्सिङ गरेका हुन् । बिमला सिंह थापाको प्रस्तुती गायिका शिला विष्ट, विपिन घिमिरे, सुजाता केसी र कुमार केसीको सुमधुर स्वर रहेको गीत प्रारम्भ खबर अनलाइन मिडियाको आधिकारिक युट्युब च्यानल “PRARAMBHA TV प्रारम्भ टि.भि.” मार्फत बजारमा आएको हो ।
भागिरथा गाहाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा नारायणी खत्री, अनिता गिरी, मदन थापा, पुष्कर पन्तको जिवन्त अभिनय देख्न सकिन्छ।
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com