२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

आरोपपछि समीक्षाकी दिदीले अष्ट्रेलियाबाट मुख खोलिन्

शुक्रवार, भाद्र ८ २०८००३:१७

काठमाडौं: गायिका समीक्षा अधिकारीकी दिदी शर्मिला अधिकारीले आफूमाथि आरोप लागेपछि प्रतिकार गरेकी छिन्। समीक्षाले केयरटेकरका रूपमा उनलाई अष्ट्रेलिया लगेर उतै छोडेको आरोप लागेपछि शर्मिलाले सामाजिक सञ्जालमार्फत समाजको आलोचना र मान्छेको व्यवहारबाट आफू आत्तिसकेको बताएकी छिन्। 

‘खोक्रो इज्जतको खोल ओढेर आँफूलाई सर्वश्रेष्ठ ठान्नेहरू जताततै छरिएका, नदेखिएका पनि होइनन्। मानव भएर दानवको जस्तो व्यवहारबाट म आत्तिसकेको छु,' उनले लेखेकी छन्, 'मरेर न्यायको अपेक्षा त छैन, मलाई जिउँदो रहुन्जेल फाटेको मनलाई टाल्नसक्ने साहास भगवानले पूरा गरून्। सकिन्छ राम्रो सल्लाह सुझाव दिने कोसिस गर्नुहोस्, सकिन्न कसैको बारेमा नराम्रो पनि नसोचिदिनूस्।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार