२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

बालेनको निर्णयविरूद्ध अदालतको यस्तो आदेश, चल्ला त हिन्दी फिल्म ?

बिहिवार, आषाढ ७ २०८००९:१४

काठमाडौंः काठमाडौं महानगरको हिन्दी फिल्म चल्न नदिने निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो। अहिलेलाई हिन्दी सिनेमाहरू चलाउन पाइने भएको अधिवक्ता जयलाल भण्डारीले जानकारी दिए। विपक्षीसँग छलफल गर्न असार १२ गते दुबै पक्षलाई बोलाएको छ।

हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो।

काठमाडौं महानगरका मेयर बालेन शाहले आदिपुरूषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार