२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

छुट्नैपर्ने गाउँको कथा (कविता)

सोमवार, जेठ १ २०८००३:१९

जन्मिएको मेरो गाउँको कथा बेग्लै छ
भोग्दै गरेको जिन्दगीको ब्याथा बेग्लै छ
यहाँ खुसीका आयामहरु खोज्दै गर्दा
झुपडीका डिलहरुमा आभासहरु रोज्दै गर्दा
सपना सपनामै तुहिदा रहेछन्
रहरहरु ओइलिएर झर्दा रहेछन्
मैले बाचेको यो गाउँघरलाई
चट्टकै माया मारेर जानुको,
बाध्यता फरक छ
आत्मियता फरक छ
रचियता झन
फरक नै छ
मस्त निन्द्रा, निद्रासँगै आरामको जीन्दगी
जिउन कसलाई रहर नहोला र
सजिएका सपनाहरुलाई
बिउताउन कसलाई रहर नहोला र
तर बाध्यातामा रुमलिएपछि
ॠणको भारिमा अल्मलिएपछि
हत्केलाको रेसाले पनि त
यहाँ काम गर्न छोड्दो रहेछ
कष्टकरको बन्धनमा बाधिएपछि
अधरमा जिन्दगी गासिएपछि
मर्दको गर्दन धाँसिएपछि

आफन्तले घर झलमल्ल छ भन्दै गर्दाखेरी
मेरो अन्तर्मनले कहाँ मान्थ्यो सधैंभरी
रातदिन गरिएको सांहुको किचकिच
त्यहीमाथि ऋणको सधैं झमेला
सोच्थे कहि परे म कुन नर्कको बेला
च्यातिएका च्यादरहरुलाई
सिलाउन भए मैले जानू छ
रङिन सपना बिलाउन भए पनि मैले जानू छ
हातमा हत्केला उठाउन भए पनि आजै जानू छ
क्षितिज पारिको बिरानो त्यो देश
हास्दै रमाउदै समाउदै गर्दा त्यो भेष
कस्तो विक्षप्त हुँदो हो
भक्कानिदै गर्दा लाग्ने त्यो ठेस।।
जय मातृभूमि जय देश जय स्वाभिमान।।


-खड्गबहादुर धामी(कोसिस)
मार्मा गाउँपालिका-६ दार्चुला

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार