काठमाडौं - चलचित्र ‘टुल्की’को ट्रेलर सावजनिक भएको छ ।
आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने चलचित्रको सार्वजनिक २ मिनेट लामो ट्रेलरमा तीन दाजुभाईको श्रीमती हुनुपर्ने टुल्की पात्रको नियतिलाई प्रस्तुत गरिएको छ ।
बहुपतिप्रथाको कथावस्तुमा आधारित रहेर निर्माण भएको चलचित्रमा शिशिर बाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।
देवजङ्ग थापाद्वारा निर्देशित चलचित्रमा सुशील अधिकारी र नमराज घिमिरेको छायांकन छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा छन् । चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने पटकथा लेखन निर्माता शेखर लामा स्वयंको छ ।
हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्रलाई हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको हो ।
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com