काठमाडौं । प्रहरी महानिरीक्षक पदमा पनुर्वहालीको मागसहित सर्वाेच्च पुगेका दानबहादुर कार्कीको रिटमा सुनुवाई लम्बिएको छ। सर्वाेच्च अदालतले उनको रिटमा बुधबार प्रारम्भिक सुनुवाई गर्दै दुवै पक्षको कुरा सुनेर मात्र अन्तरिम आदेशबाट निर्णय गर्ने आदेश गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सो आदेश दिएको हो।
कार्कीलाई गत १८ कात्तिकमा सरकारले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएको थियो। सो निर्णयविरुद्ध कार्कीले २० कात्तिकमा रिट दर्ता गरेका थिए।