२०८३, मंसिर १ गते

२०८३, मंसिर १ गते

प्रहरीमा दुई महिनादेखि रोकिएको सरुवा–बढुवा अघि बढाउने तयारी

आइतवार, कार्तिक ३० २०८३०९:३१

काठमाडौं । नेपाल प्रहरीमा दुई महिनादेखि रोकिएको सरुवा–बढुवा अघि बढ्ने भएको छ। नयाँ प्रहरी नेतृत्वले सरुवा बढुवा अघि बढायन लागेको हो ।

यसअघिका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्ध चिसिएपछि सरुवा रोकिएको थियो। भदौमै हुनुपर्ने नियमित सरुवा अझै हुन सकेको छैन । जसकारण कतिपय जिल्ला प्रहरी प्रमुखको कार्यकाल डेढ वर्ष हुन लागिसकेको छ।

प्रहरी महानिरीक्षक मनोज केसीले यही साता सरुवा अघि बढाउने तयारी गरेका छन्। स्रोतका अनुसार सरुवाका लागि प्रधानमन्त्रीको सचिवालय र गृह मन्त्तालयसँग समन्वय भइरहेको छ। इन्सपेक्टरदेखि डिआइजीसम्मको सरुवाको तयारी भइरहेको छ ।

त्यस्तै, रिक्त रहेको एआइजी पदमा पनि बढुवाको गृहकार्य भइरहेको छ । 

सम्बन्धित समाचार