२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

हङकङको अपार्टमेन्ट आगलागीमा मृतकको संख्या ४४ पुग्यो, २७९ जना बेपत्ता

बिहिवार, मंसिर ११ २०८२०१:१६

काठमाडौं । हङकङको ताई पो जिल्लाका विभिन्न अग्ला अपार्टमेन्टहरूमा भएको भीषण आगलागिमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । उक्त घटनामा ४५ गम्भीर घाइते भएका छन् । २७९ जना व्यक्ति अझै सम्पर्कविहीन रहेका समाचारमा उल्लेख छ ।

वांग फुक कोर्ट भन्ने स्थानका आठवटा भवनमा आगलागी भएको बीबीसीले जनाएको छ । उक्त आगो नियन्त्रणमा लिन ८०० भन्दा बढी अग्निनियन्त्रकहरू खटिएका छन् ।

बिहानसम्म पनि केही भवनहरूबाट धुवाँ आइरहेको छ । चारवटामा आगो नियन्त्रणमा रहेको बताइएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा लिन आज दिनभर लाग्न सक्ने समाचारमा उल्लेख छ ।

सयौंं बासिन्दालाई अस्थायी आश्रय स्थलहरूमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार