२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

नेपाल र वेस्ट इन्डिजबीचको टी–२० आई खेल तालिका परिवर्तन

मंगलवार, भाद्र १७ २०८२०५:३०

नेपाल र वेस्ट इन्डिजबीच हुने ऐतिहासिक तीन खेलमा टी–२० आई क्रिकेट सिरिजको खेल तालिका परिवर्तन भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै एसिया कपको फाइनलका कारण वेस्ट इन्डिजसँग हुने खेलको तालिका सामान्य परिवर्तन भएको जानकारी दिएको हो।

परिवर्तित तालिका अनुसार नेपाल र वेस्ट इन्डिजबीचको पहिलो टी–२० आई खेल सेप्टेम्बर २७ मा हुनेछ। दोस्रो खेल सेप्टेम्बर २९ र तेस्रो तथा अन्तिम खेल ३० सेप्टेम्बरमा हुने क्यानले जनाएको छ।

तीन खेलको टी–२० आई सिरिज युएईको शारजाह क्रिकेट स्टेडियममा हुनेछ।

यसअघि सेप्टेम्बर २७, २८ र ३० तारिकमा खेल हुने बताइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार