२०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते

फिल्मको कमाईबाट बिराजले छोरालाई किनिदिए साढे ३ करोडको गाडी

आइतवार, पौष २८ २०८१०८:४९

काठमाडौं: सन् २०२४ नेपाली फिल्म बजार उत्साहप्रद रह्यो। एक दर्जन बढी चलचित्रले १५ करोडमाथि कलेक्सन गरे। विदेशको प्रदर्शन अधिकार, डिजिटल राइट्स लगायतबाट हुने आम्दानी छुट्टै छँदैछ। 

वर्षकै हिटमध्येको एउटा चलचित्र हो- ‘१२ गाउँ’। पुराना अभिनेता विराज भट्टले झण्डै एक दशकपछि कमब्याक गरेको यहि फिल्मबाट उनका छोरा समिर भट्टले डेब्यु गरे। बाबुछोराको ‘केमियो’ लाई दर्शकले यति मन पराए कि १२ गाउँले नेपालमा मात्रै २७ करोड कमायो। 

चलचित्रको सफलतालाई सेलिब्रेसन गरिरहेका उनै विराजले छोरा समिरलाई साढे तीन करोडको कार उपहार दिएका छन्। विराजले छोराको पहिलो सफलतामा तीन करोड ६० लाख मूल्य पर्ने ल्याण्ड क्रुजर कार दिएका हुन्। 

बाबुछोराकाे उपहारमा कार आदान-प्रदानको फोटो तथा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।

प्रतिक्रिया
सम्बन्धित समाचार