काठमाडौँ: सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालद्वारा रचित नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ।
गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत रहेको छ। गीतको भिडियोमा दीपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ।
त्यस्तै गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियङ्का कार्की, जीवन कुमार ज्ञवाली, शिव शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय रहेको छ।
गीतलाई ओएस आर डिजिटल युट्युब च्यानलले सार्वजनिक गरेको हो।
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com