२०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते

सुदूरपश्चिमका बलायर र अवस्थीलाई अमेरिकामा पिएचडी उपाधी

मंगलवार, जेठ १ २०८१०५:०१

धनगढी : अमेरिकाको टेक्ससको युनिभर्सिटी अफ नर्थ टेक्ससद्धारा सुदूर पश्चिमका दुईजना पिएचडी उपाधीबाट सम्मानित भएका छन् ।

युनिभर्सिटी अफ नर्थ टेक्ससद्वारा आईतबार आयोजना गरिएको दिक्षान्त समारोहमा डोटीको शिखर नगरपालिकाका भोजबहादुर बलायर र आदर्श गाउँ पालिकाका पृथ्बीदेब अवस्थीलाई पिएचडी उपाधीद्धारा सम्मानित गरिएको हो ।

बलायरले शिक्षा मनोबिज्ञान विषयमा र अवस्थीले निमार्ण विज्ञान विषयमा बिद्या बारिधी तहको अध्ययन अनुसन्धान सम्पन्न गरेका थिए । ।

शिक्षा मनोबिज्ञानमा बिद्या बारिधी सम्पन्न गरेका भोजबहादुर बलायरले बिगतमा नेपाल सरकारका शिक्षा उप सचिब भई सेवा गरेका थिए ।

सन २००९ देखि अमेरिका बस्दै आएका बलायरले यहाँ नेपाली भाषा,सँस्कृतिलाई पुस्तान्तरण गर्ने अभियानमा उल्लेखनीय योगदान पुर्याउदै आएका छन् । बलायर हाल नेपाली समाज टेक्ससद्वारा सन्चालित ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल समेत हुन ।

सम्बन्धित समाचार