२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

बढुवासँगै सुदूरपश्चिमको 'हाकिम' बने डिआईजी लामा

शनिवार, आषाढ २३ २०८००९:११

धनगढी: मुलुकको गुप्तचर निकायको रुपमा परिचित राष्ट्रिय अनुसन्धान विभागमा केही उच्च अधिकृतको बढुवा, सरुवा र पदस्थापन भएको छ। जसमा विभागको ललितपुर जिल्लामा कार्यरत एसएसपी इन्द्र लामालाई डिआईजीमा बढुवा गरिएको छ।

बढुवालगत्तै उनलाई सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ। उनले धनगढी आएर एक हप्ताभित्रै कार्यभार सम्हाल्ने स्रोतले जनाएको छ। यसअघि सुदूरपश्चिममा डिआइजी ओम खड्काले प्रदेशको कमाण्ड सम्हाल्दै आएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार