काठमाडौं । प्रहरीमा नेतृत्व फेरिएसँगै सरुवाको जाम खुलेको छ । प्रहरी महानिरीक्षक डा.मनोज कुमार केसीले मंगलबार ६० एसपीको सरुवा निकालेका छन् ।
सरुवाअनुसार मोरङमा दिलीपकुमार गिरी, बाँकेमा नवराज मल्ल, बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहन खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, तनहुँमा नरेशराज सुवेदी, बारामा कुमारविक्रम थापा, भक्तपुरमा रुकेश तन्डुकार, दाङमा श्यामु अर्यालको सरुवा भएको छ। एक वर्षमा हुनुपर्ने सरुवा यसपटक १५ महिनामा भएको हो।
अघिल्ला आइजिपी दानबहादुर कार्कीसँगको टकरावका कारण नियमित सरुवा रोकिएको थियो।
अन्य दर्जाको सरुवा पनि निकाल्ने तयारी भइरहेको छ।
सरुवा पूर्वानुमान सूची बनाएर यसपटक सरुवा निकालिएको हो ।