२०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते

६ महिनापछि स्वदेश फर्कदै देउवा

बिहिवार, श्रावण २१ २०८३१०:०२


काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा ६ महिनापछि स्वदेश फर्कने भएका छन्। आगामी २६ साउनमा उनी स्वदेश फर्कने तय भएको उनी निकट नेताले बताएका छन्।

गत फागुनमा देउवा सिंगापुर गएका थिए। पछिल्लो समय उनी हङकङमा रहेको बताइन्छ।

पछिल्लो समय देउवा निकट कांग्रेस नेताहरूले नयाँ पार्टी गठनका लागि मोर्चाबन्दी गरेपछि देउवा फर्कन लागेका हुन्। २९ साउनमा उनी निकट नेताहरूले राष्ट्रिय भेलाको आयोजना गरेका छन्।

केही दिनअघि मात्र उनी निकट नेताहरूले पत्रकार सम्मेलन गरेर नयाँ पार्टी गठनबारे जानकारी दिएका थिए।

उता, सर्वाेच्च अदालतले बिहीबार मात्र पार्टीको आधिकारिताकता विवादमा पुनः सुनुवाई गर्न आदेश दिएको छ। यससँगै कांग्रेसभित्रको लडाई फेरि पेचिलो बनेको छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार