२०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते

फेरि ब्युँतीयो कांग्रेसको आधिकारिताको विवाद

बिहिवार, श्रावण २१ २०८३०९:५७


काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वाेच्च अदालतले ब्युँताएको छ।  सर्वाेच्चले बिहीबार यसअघिको फैसला पुनरवलोकन गर्न अनुमति दिएसँग यस विवादमा फेरि सुरुदेखि सुनुवाई हुने भएको छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार यसअघिको फैसला पुनरवलोकन गर्न अनुमति हुने आदेश दिएको हो।

यसअघि ४ वैशाखमा न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गगन थापा पक्षलाई आधिकारिता दिएको थियो। सो फैसला पुनरवलोकनको माग गरी पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरवलोकनको माग गर्दै छुट्टाछुट्टै निवेदन दिएका थिए।

त्यसमा सुनुवाइ गर्दै सर्वोच्चले पुनरवलोकनका लागि अनुमति दिएको हो। सर्वाेच्चको आदेशसँगै अब यस मुद्दामा सुरुदेखि सुनुवाइ हुने भएको छ। यो आदेशले नयाँ पार्टी गठनको तयारीमा जुटेका देउवा पक्षका कांग्रेस नेताहरू उत्साहित भएका छन्। 

प्रतिक्रिया
सम्बन्धित समाचार