२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा सिआइबीले थाल्यो अनुसन्धान

शुक्रवार, आषाढ १५ २०८१०७:५४

काठमाडौं: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन प्रकरणमा अनुसन्धान सुरु गरेको छ ।

भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले जग्गा अपचलन प्रकरणमा गृहमन्त्रालयको निर्देशनपछि सिआइबीले अनुसन्धान सुरु गरेको हो ।

छुट पाएको जग्गा गैरकानुनी रूपमा बेचबिखन गरी राज्यलाई हानिनोक्सानी पु¥याएको आरोपमा पतञ्जलीलाई गैरकानुनी रूपमा जग्गा किनबेच गर्न अनुमति दिने व्यक्तिमाथि अनुसन्धान अगाडी बढेको सिआइबी प्रवक्ता एसपी होविन्द बोगटीले बताए ।

यो प्रकरणबारे अख्तियारले समेत छानविन अगाडी बढाएको छ । अख्तियारले पनि घटनामा जोडिएका पात्रहरुको बयान सुरु गरेको छ ।

पतञ्जली भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित एक कम्पनी हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार