२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

सिआईबीलाई आफ्नो मातहत राख्न रविको माग

मंगलवार, आषाढ १२ २०८११०:१४

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतका निकायको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले राअविलाई गृह मातहत राख्न माग गरेको खुलाए ।

‘अहिले भर्खरै पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रीजीले गृह मन्त्रालयलाई पनि यो निकाय राष्ट्रिय अनुसन्धान विभाग चाहिने नै भयो भनेर मसँग विषय राखिरहनुभएको छ । यसमा एउटा राजनीतिक समझदारी बनाएपछि त्यसो गर्न सकिँदैन भन्ने मलाई लाग्दैन’, उनले भने ।

तर विश्वका अरु देशमा पनि गुप्तचर निकाय मुलुकको प्रमुख कार्यकारी मातहत रहने अभ्यास रहेको प्रधानमन्त्रीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार