२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

विनोद चाैधरीका भाइ अरुण पक्राउ

बिहिवार, माघ १८ २०८००८:०५

काठमाडाैं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगी–व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ।

स्रोतका अनुसार, उनलाई बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धान गर्न (आज) बिहीबार दिउँसो पक्राउ गरिएको हो।

अरुण देशकै ठूलोमध्येको औद्योगिक–व्यापारिक घराना चौधरी ग्रुप (सीजी) का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन्।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएको आरोप छ।

त्यो जग्गा अहिले अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार