२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

गुप्तचरमा थापाको ‘वानम्यान शो’, कार्की र जोशी ट्वाल्ल

आइतवार, पौष ८ २०८००७:५२

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले ‘वानम्यान शो’ चलाएको भन्दै उनी प्रति उच्च तहका कर्मचारी रुष्ट भएका छन्। 

थापाले विभागमा एकल निर्णय गरेको आरोप  लगाउँदै उच्च तहका कर्मचारीहरु रुष्ट भएका हुन्।

करिब १७ महिना म्याद बाँकी रहेका थापाले अतिरिक्त अनुसन्धान निर्देशक र डिआइजीलाई समेत विश्वासमा नलिएरै काम गरिरहेका छन्।

विभागका दुई जना एआइजी टेकेन्द्र कार्की र ओम जोशी हुन्। तीमध्ये एउटालाई नाम मात्रैको प्रशासन र अर्कोलाई अपरेशन तथा सूचना संकलन विभाग प्रमुख बनाइएको छ।

तर, महत्वपूर्ण सूचना विभागीय प्रमुखले नै थाहा नपाउने भएपछि विभागभित्र थापाले वानम्यान शो चलाएको आरोप लागेको हो।

हालै असईहरुको बढुवा सूचीसमेत उनी आफैंले गरेका  थिए। स्रोतका अनुसार सत्तारुढ माओवादी केन्द्र नजिक रहेका भनिएका आधा दर्जनको नाम पछि फेरि निकालिएको छ। 

समग्रमा विभागको कामकारवाही कामचलाउ अवस्थामा रहेको एक जना डिआइजीले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार