काठमाडौं- सुदूरपश्चिमसँग सम्बन्धित काठमाडौं उपत्यकामा रहेका सबैं संघ संस्थाबीच सहकार्य र समन्वय हुने भएको छ । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको पहलमा शनिबार काठमाडौंमा भएको संयुक्त बैठकमा यस्तो निर्णय भएको हो।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको छातामा सबैलाई एकीकृत गरेर अघि बढ्न सबै संस्थाका प्रतिनिधिबीच सहमति जुटेको छ । छलफलमा सबै संस्थाका अध्यक्ष, संयोजक तथा प्रतिनिधिहरूलाई मञ्चको संस्थागत पदेन सदस्य बनाउने निर्णय भएको छ।
त्यस्तै, सुदुरपश्चिमको विकासका निम्ति विषयगत रुपमा विज्ञहरूको समिति गठन गर्न प्रतिवेदन तयार गर्ने निर्णय भएको छ । त्यस्तै, सुदूरपश्चिमसँग सरोकार गर्ने संघसस्थाको प्रतिनिधिहरु समेतको एक समिति गठनगरी साझा भवन निर्माणका पहल गर्ने समझदारी भएको छ । त्यसको लागि भवन निर्माणका लागि समिति समेत गठन गरिएको छ।
मञ्चका अध्यक्ष दीर्घसिंह बमको अध्यक्षतामा बसेको बैठकमा विभिन्न संघ संस्थाका पदाधिकारीहरू सहभागी थिए। छलफलमा प्रशंसा संरक्षण समूहका अध्यक्ष हरी प्रसाद अवस्थी, सुदूरपश्चिम समाजका अध्यक्ष रामदत्त पन्त, सुदूरपश्चिम पूर्वराष्ट्रसेवक समाजका अध्यक्ष हेमराज पन्त, पश्चिम महिला जागरण समूहकी अध्यक्ष गोदावरी शाही उपस्थित थिइन्।
त्यस्तै, बैतडी समाजका अध्यक्ष अम्बादत्त भट्ट, डोटेली समाजका अध्यक्ष रमण श्रेष्ठ, बझाङी समाजका अध्यक्ष भीमबहादुर बोगटी, दार्चुला सेवा समाजका अध्यक्ष मातृका ओझा, डडेल्धुरा सेवा समाजका अध्यक्ष डा.डम्बरराज पाण्डे, सांस्कृति समाज नेपालका अध्यक्ष रामप्रसद अवस्थी पनि उपस्थित थिए।
प्रशंसा बुद्धिजिवी नेपालका अध्यक्ष टीकराम भट्ट, प्रशंसा सिर्जनसिल महिला समाजकी अध्यक्ष दु्रपदा शाही, प्रशसा युवा समाजका अध्यक्ष नितेशबहादुर चन्द, प्रशंसा संरक्षण समूहका अध्यक्ष मोहनसिंह ऐतवाल, कला समाजका प्रतिनिधि जनक महरा, सुदूरपश्चिम महालक्ष्मी समाज इमाडोका त्रिलोकसिंह रावल, बुढानिलकण्ठ सुदुरपश्चिम समाज भंगालका मातृका ओझा, बुढानिलकण्ठ सुदूरपश्चिम सरोकार समाज नारायणस्थानका संयोजक डा.कृष्णकर भट्ट पनि उपस्थित भएका थिए।
बैठकमा सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको कार्यसमितिका सदस्यहरू पनि सहभागी थिए।