काठमाडौँ: नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले अवरोध गरेका हुन् । उनीहरुले जवाफ नदिएसम्म संसद् चल्न नदिने अडान लिएका छन् ।
आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।
Facebook Comments Box