hilltake hilltake
 राष्ट्रिय अनुसन्धान विभागको एआईजीमा कुलदीप थापा नियुक्त

राष्ट्रिय अनुसन्धान विभागको एआईजीमा कुलदीप थापा नियुक्त

काठमाडौं – सरकारले राष्ट्रिय अनुसन्धान विभागको एआईजी सरहको एक मात्र अतिरिक्त अनुसन्धान निर्देशक पदमा कुलदीप थापालाई बढुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले यही साउन पहिलो साता अनिवार्य अवकाशमा जान लागेका थापालाई फुली थप्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

gimigroup

वैशाख ९ मा विभागका अतिरिक्त अनुसन्धान निर्देशक यादव रेग्मी अवकाशमा गएसँगै रिक्त छ पदका लागि २०७४ भदौ १४ मा डिआइजी भएका ४ अधिकृतहरू हुत राज थापा, कुल दीप थापा, हरिहर पौडेल र होम जोशी प्रतिस्पर्धामा रहेका थिए भने दोस्रो लाईनमा त्यसपछि बढुवा भएका ४ जना टेकेन्द्र कार्की, प्रकाश पाण्डे, सुमन वैद्य र मधु कार्कीसमेत नेतृत्वका दावेदार मानिँदै आएका थिए ।

Mahendranagar Post