कञ्चनपुर– ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् ।
निर्जला एकादशीमा जलरहित (पानीसमेत नखाई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ। ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा उल्लेख छ।
निर्जला एकादशीका दिन राखेको दलको बिरुवा एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन आँगनमा रहेको मठमा रोपिन्छ। यसरी रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ।
यो मात्र नभई वर्षभर पर्ने २४ वटै एकादशीलाई विशेषगरी वैष्णव सम्प्रदायले विशेष पर्वका रूपमा मनाउँछ। आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।
Facebook Comments Box