काठमाडौं– हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ ।
दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा अपह्रान्नपछि आंशिकदेखि सामान्य बदली रही रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती प्रदेश १, मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Facebook Comments Box