दार्चुला– दार्चुलामा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका–८ असिगडामा ४ वर्षीय अनिलसिंह धामीको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घरमा खेल्ने क्रममा सर्पले दायाँ हातमा टोकेका बालकलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि भारत लैजाने क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
Facebook Comments Box