डडेल्धुराः डडेल्धुरा सदरमुकाम राजमार्ग छेउछाउमा रहेका घरधनी र जग्गाधनीले मुआब्जा रकम पाउन थालेका छन्। सडक चौडा गर्नका लागि सडक क्षेत्राधिकारभित्र रहेका घर र जग्गाधनीलाई सरकारी मुल्यांकनका आधारमा मुआब्जा दिन थालिएको हो। सदरमुकाम क्षेत्रमा दायाँबायाँ १५, १५ मिटर सडक चौडा पार्न क्षतिपूर्ति दिन लिएको हो। विगत लामो समयदेखि मुआब्जाको विषयलाई लिएर सडक चौडा पार्ने काममा अवरोध […]Read More
धनगढीः भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ भने बझाङ, डोटी, अछाम र मुगुका विभिन्न स्थानमा धनमालको क्षति भएको छ। बाजुरा, गौमुल गाउँपालिका–२ जुरेलि बस्ने ३५ वर्षीया जमुना रोकायाको मंगलबार दिउँसो आएको भूकम्पमा परी मृत्यु भएको छ। घाँस काटी घरतर्फ फर्किने क्रममा भूकम्पका कारण भिर माथीबाट ढुङगा खसेर टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको […]Read More
काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा भइरहेको अन्तिम सुनुवाइमा रिट निवेदकतर्फका वकिलको बहस सकिएको छ। रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा आज पाँच जना वकिलहरूले बहस गरेका छन्। रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नीतिका ढुङ्गानालगायतले बहस गरेका हुन्। अहिले खाजा समयका लागि सुनुवाइ रोकिएको छ। खाजा समयपछि लामिछाने […]Read More
काठमाडौँ – सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखको आदेशअनुसार बैठक स्थगित गरिएको जानकारी दिए । उनकाअनुसार बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको हो ।Read More
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चमा सुनुवाइ सुरु
काठमाडौं – सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो । यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । […]Read More
धनगढीः बाजुरा केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पले डोटीमा एक घर भत्किएकोे छ। दिपायल सिलगढी– ३ साल्तडामा रहेको एक घर भत्किएको हो। वडा नम्बर ३ का वडा अध्यक्ष नारायण सिह साउँदले स्थानीय पाली देवी नायकको घर भत्किएको बताए। उनले घर भत्किदा अन्य क्षती भने नभएको बताए।Read More
मौसम खराबीका कारण धनगढी उडेको जहाज नेपालगञ्जमा अवतरण, यात्रु अलपत्र
धनगढीः काठमाडौंबाट धनगढीका लागि उठेको बुद्ध एअरको जहाज मौसम खराबी भएपछि बाँकेको नेपालगन्जमा अवतरण गरेर तीनजना यात्रुलाई मात्र फर्काएर काठमाडौं फर्केको छ। मंगलबार साँझ ५ बजेर १९ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको नाइन एन-एनयू कलसाइनको यू४ २५५ विमान ७ बजेर ८ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो। विमानमा रहेका यात्रुमध्ये केहीलाई नेपालगन्ज छाडेर ७ बजेर […]Read More
कैलालीः कैलालीको त्रिनगर भन्सार नाकामा प्रहरीले अनुगमन तिब्र गरेको छ। प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले नाकामा अनुगमन गरेको हो। वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको नेतृत्वमा उक्त अनुगमन गरिएको हो। वडा प्रहरी कार्यालयका बमले नाका क्षेत्रमा हुने चोरी तस्करी तथा लागुऔषधको […]Read More
गृहमन्त्रीसँग रामहरि खतिवडाकाे प्रश्न- अभियुक्त पक्राउ नसक्ने अनि सूचना जारी
काठमाडौं। गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न पत्राचार गरेको विषयमा संसदमा रुलिङको माग गरिएको छ । कोइरीलाई पक्राउ नगरेपछि गृहमन्त्री रवि लामिछाने आलोचित बनिरहेका बेला शुक्रबार गृह मन्त्रालयले गृहमन्त्रीबाट पटक पटक कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारबाही गर्न प्रहरीलाई मौखिक निर्देशन दिएकोमा हालसम्म पक्राउ नपरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति […]Read More
सुदूरपश्चिमका पूर्वमन्त्री मानबहादुरको पद गयो, छाडेनन् सरकारी गाडी
धनगढीः सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका छन्। त्यसपछि रावलले माओवादी केन्द्रका दलका नेता खगराज भट्ट र एमालेकी सन्तोश शर्मा थापालाई पनि मन्त्रीमा नियुक्त गरेका छन्। मुख्यमन्त्रीमा रावल, मन्त्रीमा भट्ट र थापा नियुक्त भएसँगै संविधानअनुसार यसअघिको मन्त्रीपरिषद्को कार्यकाल स्वतः सकिएको छ। तर प्रदेश सरकारका तत्कालीन उद्योग पर्यटन वन तथा […]Read More
सिफारिस
