Author: Mahendranagar Post

कञ्चनपुर: एक महिनाअघि सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका विद्यार्थी ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पठाउने तयारी हुँदा कृषि संकायका तत्कालीन डिन लालप्रसाद अम्गाईं निकै खुसी थिए। ‘अस्ति विद्यार्थी पठाउँदा आफू पनि उत्साही थिएँ,’ उनले भने, ‘अहिले यस्तो खबर सुन्दा म आफैं सम्हालिन सकिरहेको छैन, मेरै विद्यार्थी यस्तो घटनामा परे।’ अम्गाईंको पदावधि सकिएर उनी अहिले विश्वविद्यालय अनुदान आयोगको निर्देशक भएका छन् । ‘साढे ४ बजे इजरायली राजदूतले हाम्रो ग्रुपमा विद्यार्थीमाथि आक्रमण भएको म्यासेज गरेपछि थाहा पाएका हौं,’ कृषि संकायका विभागीय प्रमुख सुशील न्यौपानेले भने, ‘त्यसपछि हामीले विद्यार्थीको अवस्था बुझ्न थाल्यौं, परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली दूतावासबाट पनि जानकारी लियौं।’ ‘अर्न एन्ड लर्न’…

Read More

धनगढी: कञ्चनपुरमा कोदालो प्रहार गरेर छोराले बुवाको हत्या गरेका छन्। पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीरको हत्या गरेका हुन्। हेमन्तले कोदालो प्रहार गरेर बुवाको घटनास्थलमा नै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार घर परिवारको विवादका कारण उनले बुवामाथि आइतवार बिहान कोदालो प्रहार गरेका हुन्। हेमन्तलाई इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ। हत्या गरिएका धामी पूर्व सेना रहेको खुलेको छ।

Read More

धनगढी: कैलालीमा अवैध काठसहित तीन जनालाई पक्राउ गरिएको छ। जिल्लाकाे गोदावरी नगरपालिका-८ काे सुर्यदय सामुदायिक वनमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले पक्राउ पर्नेमा ट्रक चालक बैतडीकाे पाटन नगरपालिका-८ बस्ने  २५ वर्षीयशिद्धराज भट्ट, ट्रक साहु ४२ वर्षीय देवराज भट्ट र गाेदावरीका काठ व्यवसायी मदन छेडाल रहेको  दिए। उनीहरूले सु.प.प्र. ०१-००१ ख ३१५७ नम्बरको ट्रकमा ७ फिट लम्बाई भएकाे सालको कडी, ३/४ ईन्च चौडाई भएको  १०७  अथात्  अन्दाजी तीन लाख मूल्य पर्ने ६३ क्युफिट काठ ल्याइरहेकाे अवस्थामा पक्राउ गरिएको डीएसपी बरालले बताए। उनीहरूलाई नियन्त्रणमा…

Read More

धनगढी: हुम्लामा तुइन चुँडिएर कर्णालीमा खसेका एक जना मजदुर अझै बेपत्ता छन्। सर्केगाड गाउँपालिका २, लेप्चेस्थित तुइनबाट नदी तर्ने क्रममा कर्णाली करिडोरमा कार्यरत मजदुर मकर सिंह नेपाली बेपत्ता भएका हुन्। मुगुको सोरु गाउँपालिका ५ का ३८ वर्षीय मकर हिजो साँझ सडक आयोजनाको काम सकेर फर्किने क्रममा दुुर्घटनामा परेका थिए। उनको खोजीमा सेनाको बराहदल गुल्मका जमदार नवराज बानियाँको कमाण्डमा ३० जनाको टोलीले खोजी कार्य जारी राखेको बुझिएको छ।

Read More

धनगढी: बैतडीका एक शिक्षकको मृत्यु भएको छ। जिल्लाको सुर्नया–५ रौलेश्वर माविका शिक्षक प्रताप मडैको मृत्यु भएको हो। प्रहरी स्रोतका अनुसार ३ दिन पहिले विद्यालयमै एक्कासी बेहोस भएका शिक्षक मडैको उपचारको क्रममा धनगढीमा मृत्यु भएको हो। उनको घर सुर्नया–५ मडगाँउ हो।उनको मृत्युुमा आज विद्यालयले शोक बिदा दिएको छ।

Read More

काठमाडौं: इजरायलको मध्य र दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहले गरेको रकेट हमलामा नेपाली पनि घाइते भएका छन् । शनिबार साँझ इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई प्राप्त जानकारीअनुसार हमासको हमलामा नौ जना नेपाली घाइते भएका छन्, जसमध्ये दुई गम्भीर छन् ।  घाइते नेपाली सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि गएका विद्यार्थी हुन् । सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो । इजरायलको अर्को सहरमा रहेका त्यही समूहका एक विद्यार्थीले टेलिफोनमा भने, ‘किबुजको कृषि फार्ममा १७ जना साथी छन् । गाजापट्टीबाट शनिबार बिहानै आएर आतंककारीले हमला गरेका थिए । सबै साथीहरू बंकरमा बस्नुपर्नेमा दुईजना बाहिर रहेका वेला…

Read More

काठमाडौँ : हाल नेपालमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। यी तीन प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

डडेल्धुरा : निर्माण व्यवसायी तथा नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले विकासे योजना अलपत्र छोडेको भन्दै डोटीमा संघर्षका कार्यक्रम गरिने भएका छन्। डोटीको जोरायल गाउँपालिका बासीले कटपत्ते बस दुर्घटनाको नवाैं स्मृति तथा श्रद्धाञ्जली दिँदै व्यवसायी साउद बिरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन्। साउद परशुराम नगरपालिकाका पूर्व मेयर समेत हुन्। बुडर जोरायल सडक खण्डको स्तरोन्नति नभएर ठूलो मानवीय क्षति भइरहँदा समेत ठेकेदार कम्पनीले काम नगरेकोले संघर्षका कार्यक्रम घोषणा गरिएको हो। बुडर- जोरायल सडक खण्डको स्तरोन्नती र कालोपत्रेको ठेक्का भइ राजेन्द्र निर्माण सेवा कम्पनीले सम्झौता अनुसारको समय भित्र कार्य नगरी अलपत्र पारेको कार्यक्रमका संयोजक तथा जोरायल गाउँपालिका-३ का वडाअध्यक्ष नवीन ओझाले जानकारी…

Read More

धनगढी: नेपाल मगर विद्यार्थी संघ कैलालीको जिल्ला अध्यक्षमा मनोज पुन मगर चयन भएका छन्। आज (शनिबार) जिल्लाको गोदावरी नगरपालिकास्थित नेपाल मगर संघको हलमा आयोजित मगर विद्यार्थीहरुको भेलाबाट मगरलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन्। यस्तै सो संघको उपाध्यक्षमा आशा सारु मगर, सचिवमा किरण आले मगर, सहसचिवमा कल्पना घर्ती मगर, र कोषाध्यक्षमा टेक घर्ती मगर चयन भएका छन्। त्यस्तै सदस्यहरुमा डेनिस घर्ती मगर, हिमान्शा थापा मगर, जेनिसा राना मगर, किरण बुचा मगर, धिरज घर्ती मगर, स्मृति थापा मगर, चमेली थापा मगर, प्रमेश मगर र हिमा कुमारी थापा मगर चयन भएका छन्। भेलामा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय समिति वरिष्ठ उपाध्यक्ष राजु…

Read More

काठमाडौँ : इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन । मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।

Read More