Author: Mahendranagar Post

डोटीः डोटीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको शिखर नगरपालिका–११ बारपाटा स्थित सेती नदीमा सोही ठाउँकी अन्दाजी ७२ वर्षीया गौरी रोकाया बिहीबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Read More

धनगढी : नागरिक उन्मुक्तिबाट सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक विकास तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन्। बिना विभागीय मन्त्रीको सपथ लिन अस्विकार गरेका कैलासले राति ९ बजे भौतिक मन्त्रालय दिने सहमतिपछि सपथ लिए। उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन्।

Read More

धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ बहादुर सोडारी मुख्यमन्त्री बनेका छन । संविधानको धारा १६८ (२) बमोजिम सोडारी मुख्यमन्त्री बनेका हुन । प्रदेश प्रमुख नजिर मियाँले विहीबार नै सोडारीलाई पद तथा गोपनीयताको सपथ खुवाए । उनले आजै पदभार पनि ग्रहण गरेका छन । सोडारीले नेकपा माओवादीका सभामुख सहितका ११ , एमालेका १०, समाजवादीका ४, उन्मुक्तिका ७ र स्वतन्त्र १ जना गरी ३३ जना प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । तर उनले रेशम पक्षका ५ जना उन्मुक्ति सांसदको समर्थन भने नपाउने सम्भावना बढेको छ । विहीबार पनि उन्मुक्तिका २ जना प्रदेश…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले तत्काल सहभागी नहुने भएको छ । आज सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । ‘अहिलेलाई समर्थन गर्ने र बाहिरबाट सहयोग गर्ने निर्णय गरेका छौँ ’ उनले भने, ‘अर्काे निर्णय नहुँदा सम्म सरकारमा सहभागी नहुने निर्णय गरेका छौँ ।’ प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । आजै शपथको तयारी छ । सानो मन्त्रीमण्डल बनाउने सम्भावना पनि रहेको छ । तर, एमाले भने सरकारमा तत्काल सहभागी नहुने जनाएको छ ।एमालेसहित, माओवादी, नेकपा…

Read More

काठमाडौँ : सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।  बढुवा हुनेमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेका प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखापरीक्षकतर्फ रिक्त सचिव (उपमहालेखापरीक्षक)मा वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल रहेका छन् ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएपछि नागरिक उन्मुक्ति पार्टीका का पाँचजना सांसदहरूले समर्थन नरहेको भन्दै पत्र बुझाएका छन्। आज एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको भन्दै उनीहरूले पत्र बुझाएका हुन्। उनीहरुले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको प्रस्ट पारेका छन्। उनीहरुले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन्। जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन्। उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी, नाउपा र स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री सोडारीले आजै शपथ लिनेछन् ।

Read More

धनगढीः कैलालीमा एक जनाको गहुँबालीमा आज (बिहीवार) आगलागी भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका ४ खर्चुवाका परशुराम चौधरीको गहुँबालीमा आगलागी भएको हो। आगलागीबाट करिब १३ कठ्ठामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। विधुतको तार सर्ट हुदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको पुर्ण विवरण आएको छैन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Read More

धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्रीको विवाद सकिएको छ ।नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन ।

Read More

धनगढी : नेकपा एमालेले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ बहादुर सोडारीलाई समर्थन नगर्ने भनेपछि सुदूरपश्चिममा सरकार गठनमा फेरि खटपट भएको छ । एमालेले मुख्यमन्त्री समाजवादीलाई नै दिएपनि पात्र परिवर्तनको अडान कायमै राखेको छ । नेकपा एकीकृत समाजवादी संसदीय दल र केन्द्रीय सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । एमालेले सोडारी विवादास्पद ब्यक्ति भएकाले उनलाई समर्थन गर्न नसकिने प्रतिक्रिया दिएको छ । ‘हामीलाई पार्टी केन्द्रले यसलाई समर्थन गर भनेर भनेको छैन । हामी पार्टी केन्द्रको निर्णय कुरिरहेका छौं । पार्टी केन्द्रले जसलाई भन्छ, हामी त्यसलाई समर्थन गर्छौं’ एमाले संसदीय दलका नेता राजेन्द्रसिह रावलले भने । तर स्रोतले…

Read More