बाजुरा प्रशासनको आदेशः२५ जनाभन्दा बढी भेला हुन नपाइने

0

बाजुरा -कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयबाजुराले स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ। कोभिड-१९ को बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउनका लागि भन्दै  सहायक प्रमुख जिल्ला अधिकारी कृष्णानन्द जाेशीले अर्को सूचना नभएसम्म लागू हुने गरी स्वास्थ्य सुरक्षा सावधानी सम्वन्धी ५ बुँदे आदेश जारी गरेका हुन्।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृह–मन्त्रालयको निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै सप्रजिअ जाेशीले स्वास्थ्य सुरक्षा सम्वन्धी आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

May be an image of text