स्कर्पियो त्रिशूलीमा खस्दा सात घाइते

0

चितवन– त्रिशूली नदीमा स्कर्पियो कार अनिन्यत्रित भई खस्दा चालकसहित सातजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुुसार आज साँझ साढे पाँच बजे चितवनको इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलस्थित नारायणगढ–मुग्लिङ सडकखण्डमा नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको बा १३ च ४३६५ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो।

दुर्घटनाबाट गाडीमा सवार सातजना घाइते भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले जानकारी दिए। उपचारका लागि उनीहरूलाई भरतपुर  पठाइएको प्रहरीले जनाएको छ।